थप ७०८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा सङक्रमण पुष्टि भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ९३२ जना निको भएका छन्।

त्यसैगरी नेपालमा कुल सङक्रमितको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ।  ७ लाख ८५ हजार ८१३ जना संक्रमण मुक्त भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: : 2021-10-22 17:53:00

प्रतिकृया दिनुहोस्