एउटै व्यक्ति कांग्रेसको वडा उप–सभापति र एमालेको वडा सचिवमा निर्वाचित

Breaknlinks
Breaknlinks

दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उप–सभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन्।

गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उप–सभापतिमा चयन भएका थिए। शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन्। 

‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उप–सभापतिमा चयन भएका हुन्। एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने। 

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-24 08:22:00

प्रतिकृया दिनुहोस्