एमाले वडा अधिवेशनः मालारानी–४ मा पाँच पदाधिकारीमा तीन जना सरकारी शिक्षक

रबि पोख्रेल

सन्धिखर्क
तस्वीर: क्रमश मणिराम खनाल, घनश्याम पाेखरेल र उमा खड्का

नेकपा एमालेले अर्घाखाँचीको मालारानी गाउँपालिकाको प्रथम ४ नम्बर वडा अधिवेशनमा विद्यालयका शिक्षकलाई पार्टीको नै पदाधिकारीमा राखेको छ। 

एमालेले खनस्थित कालिका माध्यमिक विद्यालयमा शनिबार सम्पन्न वडा अधिवेशनमा शिक्षा नियमावलीविपरीत तीन जना शिक्षकलाई पदाधिकारीमा राखेको पाइएको हो।

एमालेले मालारानी–४ को वडा कमिटीमा सर्वसम्मत रुपमा पाँच सदस्यीय पदाधिकारी चयन गर्याे जसमा तीन जना सरकारी विद्यालयका शिक्षकलाई राखेको हो। पदाधिकारी हुनेमा श्री कालिका माध्यमिक विद्यालयका शिक्षक मणिराम खनाललाई सचिवमा तथा सोही विद्यालयकी शिक्षिका उमा खड्कालाई उप–सचिवमा निर्वाचित गरेको हो। त्यस्तै, श्री किरण माध्यमिक विद्यलयका शिक्षक घनश्याम पोखरेललाई उप–सचिवमा चयन गरेको हो।

शनिबार विदाको दिन पारेर अधिवेशनमा सहभागी भएका उनीहरुलाई मालारानी गाउँपालिका अध्यक्ष तथा एमाले अर्घाखाँची सचिवालय सदस्य बालकृष्ण आचार्यले शिक्षा नियमावलीको धज्जी उडाउँदै पदाधिकारीमा चयन गरेका हुन्। आचार्य कालिका मध्यमिक विद्यालय व्यवस्थापन समितिमा पूर्वअध्यक्ष समेत हुन्। योसँगै पाँच सदस्यीय पदाधिकारी रहेको वडा कमिटीमा सरकारी शिक्षकहरुको बहुमत पुगेको छ।

पदाधिकारीमा चयन भएका शिक्षकमध्ये मणिराम खनाल र उमा खड्का राहत कोटाबाट शिक्षण पेशा छन् भने घनश्याम पोखरेल अस्थायी कारार शिक्षकको रुपमा पढाइरहेका छन्।

उनीहरु पदाधिकारीमा चयन भएपछि हिजो (शनिबार) साझ मास्क लगाएर नेताहरुसँग फोटो खिचेर सामाजिक सञ्जालमा समेत अपलोड गरेका थिए।

यसरी विद्यालय व्यवस्थापनका पूर्वअध्यक्षले नै विद्यालयका शिक्षकलाई वडा कमिटीमा राखेर विद्यालयलाई राजनीतिक अखाडा बनाउन खोजेको भन्दै अभिभावकले असन्तुष्टि जनाएको छन्।

यस विषयमा बुझ्न खोज्दा कालिमा माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवन खनालले आफ्ना शिक्षकको बचाऊ गर्दै शनिबारको दिन आफ्ना शिक्षक कहाँ गएका थिए भन्ने कुनै जानकारी नभएको बताएका छन्। जब कि वडा अधिवेशन उनी प्रधानाध्यापक रहेको विद्यालयको प्राङ्गणमा सम्मपन्न भएको थियो। 

‘खै को–को शिक्षक राजनीतिक दलको पदाधिकारीमा बस्नुभयो थाहा पाएका छैनौँ, हिजो शनिबार कुन शिक्षक कहाँ जान्छन् भन्ने थाहा हुने कुरा भएन।’ प्रध्यानाध्यापक खनालले भने, ‘यदि उहाँहरुले यस्तो गर्नुभएको रहेछ भने तत्काल समितिको बैठक बोलाएर कारवाहीको माग गर्छु। शिक्षकको नैतिकताले यो गर्न दिन्न।’

यति भनिरहँदा उनले यस्तो परिपाटी नेपालका सबै विद्यालयमा भएकोले आफूले कारवाही गर्न समेत हुने कठिन उनले बताएका छन्। त्यस्तै जिल्ला शिक्षा विकास समन्वय इकाईले पनि उनीहरु पार्टीको पदाधिकारीमा रहेको कुरा थाहा नपाएको बताएको छ।

शिक्षा विकास समन्वय इकाईका प्रमुख मनिराम पराजुलीले शिक्षकहरु पदाधिकारीमा बसेको भन्ने कुनै जानकारी नआएको बताएका छन्।

‘हामीले यसबारे कुनै सूचना पाएका छैनौँ, तपाईंले यति भनेपछि हामी यसको बारेमा बुझौँला’, पराजुलीले भने, ‘यदि उहाँहरु त्यस्तो गर्नुभएको हो भने कारवाही हुन्छ।’ 

त्यसै, यसबारे बुझ्न बिएल नेपाली सेवाले गाउँपालिकाको शिक्षा इकाईमा सम्पर्क गर्न खोज्दा फोन उठेन। 

यसरी शिक्षण पेशामा लागेका व्यक्ति प्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय हुन नपाउने गृह मन्त्रालयका एक अधिकारीले बताएका छन्। उनका अनुसार शिक्षक राजनीतिक दलको साधारण सदस्य समेत पनि बन्न पाउँदैन तर नेपालका सबै जसो राजनीतिक दलले यो कुरामा ख्याल नगरी शिक्षकलाई राजनीतिमा सामेल गाउँदा शिक्षामा नराम्रो असर परेको ती अधिकारीले बताए। 

विगतमा पनि यस्ता घटनाहरु हुँदै आए पनि कारवाहीको दायरामा ल्याउन नसकिएको उनको भनाई छ। 

स्थायी शिक्षक नै पदाधिकारी चयनकर्ता

एमालेको उक्त वडा अधिवेशनमा सोही गाउँपालिको श्री आदर्श उच्च माध्यमिक विद्यालयका स्थायी शिक्षक विष्णु विकले कार्यकर्ताको रुपमा अधिवेशनमा सहभागी भएका छन्।

कालिका माध्यमिक विद्यालयबाट उप–सचिवमा चयन भएकी खड्काका पति उनी नेपाल सरकारका स्थायी शिक्षक हुन्। शिक्षा नियमावली सरकारी कर्मचारी (शिक्षक) कनै पनि राजनीतिक दलको कार्यक्रमा सहभागी हुन्। राजनीतिक प्रशिक्षण दिन पाइँदैन। त्यसमा पनि उनी त्यो पदाधिकारी चयनको निर्णयक भूमिकामा रहेको सहभागी एक नेताले बताएका छन्।

यसरी सरकारको कर्मचारी भएर पार्टीका कार्यक्रम सहभागी भएको भन्दै स्थानीयले उनको कारवाहीको माग गरेर विरोध जनाएका छन् तर विकले पढाउँदै आएको श्री आर्दशमा.विले भने उनी पार्टीको कार्यक्रममा सहभागी भएको थाहा नपाएको बताएको छ।

विद्यालयका प्रधानाध्यापक भेषराज खनालले विदाको दिन शिक्षकहरु जहाँ गए पनि हुने आशय व्यक्त गरे। ‘शिक्षक १० देखि ४ बजेसम्म विद्यालयमा हुने हुन त्यसबाहेक अरु समयमा को कहाँ जान्छन्, हामीलाई थाहा हुन्न’, उनले भने, ‘यदि हाम्रो सर नेताहरुको साथमा पार्टीको कार्यक्रममा सहभागी हुनुभएको हो भने तत्काल कारवाही गर्छाैँ।’

उनले विगतमा पनि यस्ता विद्यालयमा यस्ता घटना हुँदै आए पनि सम्बन्धित निकाय राजनीतिक दबाबमा कारवाहीको दायरामा ल्याउन नसकिएको बताएका छन्। 

त्यस्तै, शनिबारको एमाले वडा अधिवेशन सोही गाउँपालिका अन्य वडामा पनि यसरी शिक्षकहरु पार्टी पार्टीमा कार्यक्रमम सक्रिय रुपमा सहभागी भएको स्थानीयहरुले गुनासो गरेका छन्। यसरी शिक्षक राजनीतिक कार्यकर्ता जसरी सक्रिय हुन आफैँमा गलत हो भन्ने कुरा नैतिकवान शिक्षकले बुझ्न जरुरी छ।

सबै फाेटाेः सामाजिक सञ्जाल

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा वडाध्यक्ष पाेखरेलको ब्रमलुट

भ्रष्टाचारको आरोपपछि स्थानीय देख्दा किन भाग्छन् वडाध्यक्ष पाेखरेल ?

वडाध्यक्षकाे अनियमितताकाे छानविन समयमै नभएकाे भन्दै स्थानीय आक्राेशित, सीडीओ भन्छन्ः अनुसन्धान हुँदैछ

 

प्रकाशित मिति: : 2021-10-24 18:06:00

प्रतिकृया दिनुहोस्