
न्यायका निरीह सात वर्ष
सपना सरगम डाँगी
एक:
उसैको भगवान बन्ने छ रहर मलाई
जसले बनादिएको छ पत्थर मलाई
जसले मेरो जिन्दगी खरानी बनाएथ्यो
उसैले सोध्छ अचेल हालखबर मलाई
यति नुनिलो जिन्दगी मैले चाहेकी थिइनँ
नदी बनाउँछु भन्थ्यौ बनायौ सागर मलाई
म सुकेको हाङ्गो हुँ हरियो पात जरुरी छ
ए ऐना झुटो नबोल, नभन सुन्दर मलाई ।
०००
दुई:
बस्न त यहाँ सुन्दर सहर बसेको छ
तर गल्ली–गल्लीमा तस्कर बसेको छ
हरियो देखेर ठिक छ मेरो हाल नसोच
दिलको जमिन अझै बन्जर बसेको छ
ढिलै सहि तिमी आयौ मेरो जिन्दगीमा
लाग्दैछ कुनै बेघरको घर बसेको छ
बा, पीडाहरूमा पनि मुस्कुराउँनु हुन्छ,
सायद दिलमा चोटको सगर बसेको छ
गुलेली बोकेर निस्केका छन् शिकारीहरू
यहाँको डालीमा चरा भर्खर बसेको छ।
०००
तीन:
परीक्षा दिँदा न चिन्ता लाग्यो न भय लाग्यो
परीक्षा प्रेमकै थियो अनि त्यै विषय लाग्यो
तिमी छुट्टिएर हिँड्नुमा मलाई गुनासो छैन
तिमिलाई चिन्नु थियो चिन्न अलि समय लाग्यो
आफू खुसी गर्न पाउनु स्वतन्त्र अधिकार हो
तिमीलाई आफ्नो मात्रै सहि निर्णय लाग्यो
मनले धन या विद्या के ठूलो वादविवाद गर्दा
छोरो मुस्कुराउँदै–मुस्कुराउँदै विद्यालय लाग्यो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया