श्रममन्त्री श्रेष्ठ युएईमा, अबुधाबी डायलगमा सहभागी हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आजदेखि युएईमा शुरु हुने छैटौं श्रम मन्त्रीस्तरीय "अबुधाबी डायलग" मा सहभागी हुँदैछन्।

श्रमिक आपूर्ति गर्ने र श्रमिक लिने देशहरुबीच श्रमिकको हित र सुरक्षाका विषयमा समन्वय तथा संवाद गर्ने मञ्चका रूपमा सन २००८ मा स्थापित अबुधाबी डायलगमा यसवर्ष श्रममन्त्री श्रेष्ठसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुषाल सहभागी हुँदैछन्।

युएईको श्रम मन्त्रालयले आयोजना गर्ने श्रम मन्त्रीस्तरीय बैठकमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इण्डोनेसिया, मलेसिया, थाइल्याण्ड, बहराइन, साउदी अरेबिया, कुवेत, कतार, भियतनाम, ओमन र युएई सहभागी हुँदैछन्।

आगामी शुक्रबारसम्म जारी रहने अबुधाबी डायलगमा यसवर्ष १६ देशका श्रममन्त्रीसहित अन्तराष्ट्रिय श्रम संगठन, अन्तराष्ट्रिय प्रवासन संगठनलगायतका अन्तर सरकारी तथा अन्तराष्ट्रिय गैह्रसरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2021-10-25 11:17:00

प्रतिकृया दिनुहोस्