पहिरनका कारण होचो मानिस स्टाइलिस देखिन सकिन्छ !

Freepik
Freepik

आर्कषक व्यक्ति देखिनका लागि राम्रो हुनु मात्र नभएर शरीरको उचाई पनि उत्तिकै आवश्यक छ। कम उचाई भएका मानिसले जस्तोसुकै कपडा लगाउँदा राम्रो देखिदैन्। जसकारण आफूलाई अरुको तुलनाका अग्लो देखाउनका लागि सक्दो प्रयास गरिरहन्छन्। तर यदि थोरै मात्र ध्यान दिएमा होचो मानिस पनि स्टाइलिस देखिन सकिन्छ। गलत तरिकासँग कपडा लगाउँदा राम्रो देखिदैन्। स्टाइल एक्सपर्ट र फेसन डिजाइनरको अनुसार रङ र स्टाइलिस कपडा सहि तरिकाले लगाउँदा होचो मानिस पनि अग्लो देखिन सकिन्छ।

फुटवेयर
उचाई कम छ भने हाई हिल लगाउँदा अग्लो देखिन्छ। सुन्दर र आकर्षक देखिनका लागि हाई हिल जुत्ता लगाउन सकिन्छ।

हेयर स्टाइल
उचाई कम भए हेयर स्टाइलबाट उचाई अग्लो देखाउन सकिन्। कपाललाई माथि उठाएर बाँध्दा अग्लो देखिन्छ।

सहि साइज र फिटिङमा ध्यान दिने
शरीर मोटो भएकाहरुले धेरै लुज र धेरै फिटिङ कपडा लगाउनबाट बच्नुपर्छ। धेरै लुज कपडा लगाउँदा होचो र मोटो देखिन्छ।

डार्क र सिंगल कलरको कपडा लगाउने
पातलो, अग्लो र सुन्दर देख्नका लागि होचो महिलाले डार्क र सिंगल कलरको कपडा लगाउनुपर्छ। मल्टिकलरको कपडाले शरिर मोटो र भद्दा देखिन्छ।

भर्टिकल्स लाइन भएको कपडा लगाउने
भर्टिकल्स लाइन भएको कपडा लगाउँदा अग्लो देखिन्छ। यस्तो प्याटर्न भएको कपडा लगाउँदा चौडाईमा भन्दा लम्बाइमा फोकस हुन्छ।

ठूल्ठूला प्रिन्ट भएको कपडा नलगाउने
यदि शरीर मोटो छ भने ठूला ठूला प्रिन्ट भएको कपडा नलगाउनुहोस्। यस्ता कपडा लगाउँदा शरिर मोटो र होचो देखिन्छ। होचो हाइट भएकाहरुले हाइनेक लगाउनबाट पनि बच्नुपर्छ।
 

 

प्रकाशित मिति: : 2021-11-11 14:04:00

प्रतिकृया दिनुहोस्