मलेसियामा हराएको छोरा आउने बाटाे हेर्दै ११ वर्षदेखि विश्वकर्मा दम्पती

तेजन खड्का

काठमाडाैं

मोरङ कानेपोखरी–४ पिङडाँडाका छत्रबहादुर विश्वकर्मालाई ११ वर्षदेखि एउटै आश छ, ‘एकदिन छोरा अवश्य आउने छ।’

२०६७ साल असार ८ गते छोरा लालबहादुर मलेशिया गए। गएका छोरा अझै घर नफर्किएपछि उनी बाटो हेरिरहेका छन्, छोरा आउने।

विदेशबाट कसैले ठूलो सुटकेश बोकेर गाउँ पस्दा उनी झस्किन्छन्। उसलाई लाग्छ, ‘छोरा आयो।’ तर, उनको भ्रम एकैछिनमा टुट्छ जब उनी छोराको ठाउँमा अर्कैलाई देख्छन् अनि आँखाभरि आसुँ पारेर लामो श्वास फेर्छन् अनि सम्हालिन्छन्।

यसैगरी नै ९ वर्षदेखि बितिरहेको छ, छत्रबहादुर दम्पतीका दिनचर्या। गाउँका सबैका छोरा विदेश गएर पैसा पठाएको देखेर उनले पनि छोरालाई डेढ लाख ऋण खोजेर मलेशिया पठाए।

गएको दुई वर्षसम्म छोराले पैसा पठाइदिइरहे। भन्ने गर्थँ छोरा, ‘काम राम्रो छ बुुबा, जेसीवाई कम्पनीमा काम गर्छु।’ त्यतिखेर लालबहादुरले सोच्ने गर्थँ, ‘अब दुुःखको दिन गयो।’

तर विस्तारै विदेशिका छोरासँग सम्पर्क टुट्दै गयो। अहिले उनीसँग छोराको नत श्वास छ न लाश नै। ‘मेरो छोरालाई खोजिदिन धेरैँलाई आग्रह गरे तर कसैले कुरा सुनेनन्’ उनले दुखेसो पोखे। 


 

प्रकाशित मिति: : 2021-11-24 18:00:00

प्रतिकृया दिनुहोस्