प्रेम नेउपाने
म देश बचाउँ भन्छु
भाषा साहित्य र संस्कारसँगै
म मेरो, उसको र सबको
अस्तित्व बचाउँ भन्छु
उखेलेर भ्रष्टचारको जरा
यहाँ नातावादको नारा लाउनेहरु
पर्खाल बनेर उभिएका छन्।
माटोको कुरा गर्छन्
इतिहासको कुरा गर्छन्
सभ्यता र संस्कारको कुरा गर्छन्
अनि आफै बिक्छन्
करोड़ाैंको बिटाहरुमा।
हो,
म पनि अब बाङ्गिनु परेको छ
यी बिकुवाहरुलाई सबक सिकाउन
अब करोड़ होइन
अर्बाैको लालसा देखाएर
थाङ्नामा सुताउनु छ।
माटोको कुरा गरेर बाटो बेच्नेलाई
बाटोको कुरा गरेर लाटो बेच्नेलाई
हो,
मैले सबक सिकाउनु छ
उसैको लाश राख्ने माटो
मैले पनि बेच्नु छ
उ हिंड्ने चौडादार बाटो
मैले अब भत्काउनु छ।
इतिहासका कुरा गरेर
वर्तमान उजाड़ पार्नेहरु बग्रेल्तै भए
आफ्ना पौरख संग्रहालयमा सजाएर
पश्चिमी भई टोपल्नेहरु सैकडाैं भए
हो,
अब मलाई सबको नाम उठाउनु छ
अब सबको हिसाब देखाउनु छ
अब एउटा ज्वाला बनेर हिंड़नु छ
अब साँच्चै एउटा छुट्टै क्रान्ति ल्याउनु छ
हो,
यस्तै यस्तै केही
अनौठो कर्तव्य गर्नुछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया