केन्द्रीय कमिटीकाे सूचीमा अटाएनन् एमाले मुख्य सचेतक विशाल भट्टराई

फाइल तस्वीर
फाइल तस्वीर

१०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले मुख्य सचेतक विशाल भट्टराई अटाउन सकेनन्।

निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन्। उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन्।

कार्यालय सचिवका हैसियतमा केपी ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन्।

ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन्।

प्रकाशित मिति: : 2021-11-29 12:25:00

प्रतिकृया दिनुहोस्