बिएल विथ जुम

सीपसँगै महिला सशक्तिकरणमा पनि अगाडि बढ्दैछ ‘जुम’ (भिडियाे)

सुनिता लामा

काठमाडौं

थानकोट निवासी अनिता बस्नेतले दुई वर्षअघि देखेको वैदेशिक रोजगारको सपना पूरा हुन सायद अझै धेरै वर्षहरू कुर्नुपर्थ्यो।

वैवाहिक जीवन, दुई कलिला सन्तानहरूसँगै पारिवारिक जिम्मेवारी बहन गर्दागर्दै उनले आफ्नो लक्ष्य पूरा हुने कुनै मेसो नै पाएकी थिइनन्। जब दुई सन्तानहरू हुर्किँदै गए, पारिवारिक जिम्मेवारी पनि हलुको भयो।

तर नेपालमै बसेर केही गर्नसक्ने आँट र लगानीको उचित वातावरण नदेखेपछि अनिताले विदेश जाने निधो गरिन्। विदेश जाँदा पनि केही सीप सिकेर मात्रै जाने निर्णय भने लिइन्।

सानैदेखि सौन्दर्यप्रति रुचि भएका कारण उनले फेसबुक हेर्दा पनि त्यस्तै विषयहरूमा बढी ध्यान दिन्थिन्। त्यस्तैमा एकदिन जुम ब्युटी एकेडेमीको फेसबुक लाइभ हेर्ने मौका पाइन्। उक्त लाइभ कार्यक्रमबाट प्रभावित भएर उनी नजिकैको जुम ब्युटी एकेडेमीको कलंकी शाखामा बुझ्न जाँदा उनी जुमभित्र प्रवेश गरेपछि उनले सोचेको र कल्पना गरेको भन्दा अत्यन्त फरक वातावरणमा फुल ब्युटी कोर्षको तालिम लिने निर्णय गरिन्।

करिब एक वर्षसम्म अनिताले फुल ब्युटी कोर्ष गर्दागर्दै जुमभित्रको सीपसँगै जीवन जिउने कला र आधारसमेत सिक्ने मौका पाइन्। जसको उत्प्रेरणा र उत्कृष्ट सिकाइकै कारण उनी अझ बढी उत्प्रेरित भइन् र तालिम लिएको एक वर्षपछि थानकोट, मातातीर्थस्थित ग्लिटर पब शैलुन खोलिन्।

विदेश जाने भनेर सीप सिक्न पुगकी अनिता बस्नेत अहिले आफ्नै ब्युटी शैलुनमा व्यस्त छिन्। जुम ब्युटी एकेडेमीको विद्यार्थीले सञ्चालन गरेको पार्लर भनेर अझ धेरै सेवाग्राहीहरू आउने गरेको उनी बताउँछिन्।

कुराकानीकै क्रममा उत्साहित हुँदै जुम ब्युटी एकेडेमीमा सीप सिक्न आउने हरेक महिलाले सीप मात्र होइन, जीवन जीउने आधार र कला पनि सिक्ने मौका पाउनुका साथै एउटा व्यावसायिक वातावरणसमेत प्रदान गर्ने गरेको बताइन्।

यस्ता थुप्रै रोचक र उत्साहित प्रसङ्ग अनि जुमभित्रको सिकाइसम्बन्धी अनुभवहरू उनै अनिता बस्नेतकै आवाज र शब्दमा भिडियोमार्फत :

प्रकाशित मिति: : 2023-08-11 17:22:00

प्रतिकृया दिनुहोस्