[अपडेट] अध्यक्षमा फराकिलो अन्तरसहित ओली विजय नजिक

नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना जारी छ। १ हजार ९ सय २७ मत गन्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अर्का उम्मेदवार भीम रावलसँगको अन्तर निकै फराकिलो पारेका छन्।

६६ वटा मेसिनको मत गणना हुँदा अध्यक्षका उम्मेदवार ओलीले १७१४ मत पाएका छन् भने रावलले २१३ मत पाएका छन्।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका  थिए।

एमाले महाधिवेशनमा ६९ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो। 

प्रकाशित मिति: : 2021-11-30 14:51:00

प्रतिकृया दिनुहोस्