
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
स्थानीय तह निर्वाचनको सरगर्मी सुरु भइसकेको छ। यसै मेसोमा मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका प्रत्यासीमा संजय भट्टराईको दाबेदारी सशक्त बन्दै गएको छ।
मोरङको मध्ये भागमा अवस्थित कानेपोखरी गाउँपालिका साविकको होक्लाबारी, बयरवन तथा केरौन गाविस मिलाएर बनेको गाउँपालिका हो।
साविक बयरवन गाविसका बासिन्दा भट्टराई कांग्रेसभित्र इमानदार छवि भएका नेता हुन्। नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव उनी हाल पार्टीको १ नम्बर प्रदेश समितिको जिम्मेवारीमा छन्।
गत स्थानीय चुनावमा समेत आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्न चाहेका नेता भट्टराई यसपटक भने पार्टीले आफ्नो मूल्यांकन गर्नुपर्ने अडानमा छ्न। उनलाई कांग्रेस इतरका पार्टीले पनि महत्वका साथ हेरिरहेको स्थानीय बताउँछन्।
भट्टराईको उम्मेदवारी चर्चासंगै धेरै कांग्रेसी युवालाई उत्साही बनाएको छ। सिंगो पालिकामा संगठन कमजोर नभएपनि लोकप्रिय अनुहारले टिकट नपाउँदा सधै प्रतिपक्षी भूमिकामा रहनुपरेको कांग्रेस कार्यकर्ताको तीतो अनुभव छ।
कानेपोखरीको समकालीन राजनीतिमा भट्टराई जत्तिको लोकप्रिय छवि भएका कांग्रेसी बिरलै भेटिन्छन्। अहिलेको परिस्थितिमा आफ्नो दाबी कुनै कोणबाट कमजोर नभएको भट्टराई बताउँछन्।
उसै पनि नेपाली कांग्रेसलाई गुट–उपगुटको महासंघ भन्नेहरु नभएका होइनन्। पार्टी स्थापना कालदेखि नै नेतैपिच्छेको खेमामा विभक्त कांग्रेसभित्र अझ चुनावको मुखमा टिकटका लागि हानाथाप हुनु सामान्य नै मानिन्छ। तर, कानेपोखरीको धरातलीय यथार्थ फरक छ।
अध्यक्ष पदका आकांक्षी आधा दर्जन बढी भएपनि जो उम्मेदवार बन्छ, उसैलाई ज्यान दिएर सघाउने नेता भट्टराईले बताए। ‘यो वा त्यो व्यक्ति भन्ने छैन, चर्चामा आएका सबैजना काबिल छन्’, पत्रकार हरि कोइराला भन्छन्, ‘कांग्रेस उम्मेदवारलाई एकढिक्का भएर विजयी बनाउन सबै कांग्रेसजन लागिपरेका छौँ।’
उनका अनुसार विगतमा चुनाव हार्नुको बेग्लै समीक्षा हुँदै गर्ला तर यसपटक किन्तु–परन्तु नभनी चुनावी मोर्चामा कांग्रेसजन परिचालित हुनेछन्। साविक गाविस र पछिको गाउँपालिकाका सबै चुनावमा पराजय बेहोर्दै आएपनि यसपटक कानेपोखरीमा नेपाली कांग्रेसले विजयको चारतारे झण्डा फहर्याउनेमा कोइराला निश्चिन्त छ्न्।
कम्युनिष्टहरुले पटक–पटक स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएपनि जनजीविकाका सवालमा अनि विकास निर्माणका काममा माखो मार्न नसक्नु नै कांग्रेसको जित्ने आधार भएको पालिकाका अध्यक्ष पदका आकांक्षी भट्टराईको कथन छ। नाफाखोर जनप्रतिनिधिलाई सेवामूलक प्रतिनिधिबाट विस्थापित गर्नैका लागि आफू उम्मेदवारीमा अग्रसर बनेको उनी बताउँछ्न्।
भट्टराई भन्छन्, ‘आफ्नै पौरखले कोही नागरिकको जीवनस्तरमा समृद्धि छाएको छ भन्ने अलग कुरा भो, नत्र हिजो जो जस्तो अवस्थामा थिए, आजपनि उस्तै छन्। गरिबको जीवनस्तर उकास्ने काममा सिन्को भाँचिएन।’
नागरिकले तिर्ने करबापत शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षालगायत समग्रमा सामाजिक न्यायको प्रत्याभूति गराउनुपर्नेमा त्यसो हुन सकेन। भट्टराईले भने, मेरो प्रतिबद्धता जनताको मुहारमा खुसियाली ल्याउने नै हो।’
‘कांग्रेसको मुल मर्म जे भन्ने हो त्यही गर्ने हो’, नेता भट्टराईले भने, ‘हामी कम्युनिष्टको जस्तो झुटा आश्वासन बाँड्दैनौँ। भनिन्छ नि, लोकतन्त्र जस्तो उत्कृष्ट व्यवस्था अरु हुँदैन। तर यसका पहरेदारहरु इमानदार भएनन् भने लोकतन्त्र लथालिङ्ग हुन जान्छ। कानेपोखरीको विगत र वर्तमान अवस्था पनि त्यही हो। अब यहाँ बदलाव जरुरी छ। हामीलाई, नेपाली कांग्रेसलाई टुलुटुलु हेरिरहने छुट छैन।’
१ .
२ .
३ .
४ .
५ .