राेल्पाकी ३२ वर्षीया ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य

नेकपा (एमाले)काे दशाैँ राष्ट्रिय महाधिवेशनबाट राेल्पाकी ३२ वर्षीया ईश्वरी जिएम केन्द्रीय कमिटीमा कान्छी सदस्यको रूपमा निर्वाचित भएकी छन्। २०४६ सालमा जन्मिएर २०६२ सालदेखि एमालेको राजनीतिमा लागेकी ईश्वरी चितवनकाे साैराहामा सम्पन्न महाधिवेशनबाट निर्विराेध केन्द्रीय सदस्य  निर्वाचित भएकी हुन्।

आदिवासी जनजाति महिलातर्फको कोटाबाट निर्विरोध निर्वाचित भएकी ईश्वरी नै एमालेको कान्छी केन्द्रीय सदस्य बनेकी हुन्।

राेल्पाकाे नुवागाउँ गाविस (हाल: त्रिवेणी गाउँपालिका)मा जन्मिएकी उनी केही वर्षअघिसम्म पत्रकारितामा सक्रिय थिइन्। अनेरास्ववियु राेल्पाजिल्ला सदस्य, प्रेस चाैतारी राेल्पा शाखा अध्यक्ष, नेपाल पत्रकार महासंघ राेल्पा शाखा सचिव हुँदै नेकपा एमाले जिल्ला कमिटी सदस्य र लुम्बिनी प्रदेश संगठन सचिवालय सदस्य समेत बनिन्।

एमाले महाधिवेशन: भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्

प्रकाशित मिति: : 2021-11-30 18:38:00

प्रतिकृया दिनुहोस्