मोरङ काङ्ग्रेस सभापतिमा डिगबहादुर बिजयी 

नेपाली काङ्ग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा निकट रहेका उम्मेद्वार दिलिप गच्छदारलाई पराजित गर्दै डाक्टर शेखर काेइराला निकट रहेका लिम्बू बिजयी भएका हुन्। 

मंगलबार पून मतदान हुँदा  ३ हजार ३ सय ६० मत खसेकाे थियाे। जसमा  लिम्बूले एक हजार ९ सय ६ मत पाए । गच्छदारले एक हजार ४ सय २२ मत प्राप्त गरेका थिए।   

१३ औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू निर्वाचित भएलगतै डाक्टर शेखर कोइराला पक्षमा खुलेका थिए।

कोइरालाका उम्मेद्वार लिम्बूका विरुद्ध मोरङमा सभापति देउवासँग रामचन्द्र  पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एक ठाउमा उभिएका थिए। कांग्रेस भित्रको चारवटा शक्ती एक ठाउँमा उभिदा पनि कोइराला पक्षका उम्मेद्वार लिम्बू बिजयी भएका हुन्। 

जिल्ला सभापतिका लागि दोस्रो पटक भएको मतदानमा तीन हजार ३ सय ६० मत खसेको थियो।

आइतबार सम्पन्न भएको निर्वाचनमा ३ हजार ४ सय १३ मत खसेको थियो । पहिलो निर्वाचनमा लिम्बूले १ हजार ५ सय ४४ मत पाएका थिए। गच्छदारले १ हजार १ सय ६६ मत र यदुकुमार विष्टले ५ सय ६३ मत पाएका थिए । कुनै उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण दोस्रो चरणको निर्वाचन भएको थियो। 

प्रकाशित मिति: : 2021-11-30 22:03:00

प्रतिकृया दिनुहोस्