ओमिक्राेन देखिएसँगै दक्षिण अफ्रिकामा काेभिडका बिरामी दाेब्बरले बढे

Agencies
Agencies

दक्षिण अफ्रिकामा काेभिड संक्रमण तीव्र बढेकाे छ। नयाँ भेरियन्ट देखिएसँगै काेभिडका बिरामी बढेका हुन्। पछिल्लाे त्यहाँ काेभिड विरामीकाे संख्या दाेब्बरले बढेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन्। पछिल्लाे २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन्। नयाँ भेरियन्ट ओमिक्राेनका कारण  काेभिड बिरामी बढेकाे हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन्। 

निकै घातक मानिएकाे याे भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएकाे थियाे। पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा याे भाइरस देखिएकाे छ। अमेरिका र नाइजेरियमा  दक्षिण अफ्रिकाबाट फर्किएका एक एकजनामा ओमिक्रोन भेरियन्ट देखिएकाे छ। 

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घाेषणा गरेकाे छ। अहिले प्रयाेगमा अ‌ाइरहेका खाेप अ‌ाेमिक्राेनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन् भन्ने बारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन्। 

नयाँ भेरियन्ट देखिएसँगै विभन्न देशहरुले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन्। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढंगले लगाइएकाे गुनासाे गर्दै अ‌ाएका छन्।

एजेन्सी

प्रकाशित मिति: : 2021-12-02 08:59:00

प्रतिकृया दिनुहोस्