सधैँ 'अशान्त रहने त्रिवि'को शान्त पुस्तकालय, जहाँ आँखा नदेख्नेले पुस्तक 'सुन्न' पाउँछन् (भिडियाे)

शिलापत्र

प्रबिना पाैडेल

त्रिभुवन विश्वविद्यालय परिसर अक्सर अशान्त नै देखिन्छ । कहिले धर्ना । कहिले नाराबाजी । त्रिविलाई शान्त देख्न पाइँदैन । उपकुलपतिको कार्यालयदेखि कक्षाकाेठासम्म आन्दोलनका नाममा हाेहल्ला भइरहेकाे हुन्छ । तर, त्यही परिसरभित्रकाे त्रिवि केन्द्रीय पुस्तकालय भने शान्त छ ।

पुस्तकालयमा विद्यार्थीदेखि प्राध्यापकसम्म अध्ययन गरेर बसिरहेका भेटिन्छन् । बुधबार केन्द्रीय पुस्तकालयभित्र छिर्दा कोही पढिरहेका, कोही पुस्तक खोजिरहेका थिए । त्यहीँभित्र अन्य कोठाभन्दा फरक थियो, कोठा नम्बर १११.१ ।

हामी त्यहाँ पुग्दा १११.१ नम्बर कोठा भने गुञ्जायमान पायौँ । सबैतिर शान्त रहँदा त्याे कोठाबाट गुनगुन आवाज सुनिनु अनौठो थियो । झट्ट सुन्दा रेडियो बजिरहेझैँ लाग्थ्याे । त्यसपछि हामीले कोठा नम्बर १११.१ लाई नजिकैबाट नियाल्याैँ ।  

कोठाभित्र मधुर आवाजमा आफ्नो फोनमा अनलाइन पोर्टलको समाचार सुनिरहेका भेटिए, बालकृष्ण उप्रेती । 

प्रकाशित मिति: : 2021-12-03 18:43:00

प्रतिकृया दिनुहोस्