अनिता लामा
आँखामा बिझाउने बनेको ती यादहरूमा
ब्ल्याक कफिसँगै
गाढा आँखाहरू साटीएका छौं हामीले
मसँग कहाँ म मात्रै छु
यो जमिनको जोत
निर्धाहरूका ओत
पिँढीमा लालसलाम कोरेपछि
ढलेका सहयोध्दाको सपना
समृद्धिले चालेको पैंताला
अभावले स्थापित क्रान्तिकारी पूँजीवाद
अहमका जल्लाद, ठेकेदारबाट अतासिएको जनवाद
हेडक्वार्टरको हिजोको फतवा,
आजको लालसले
छियाछिया आँखीझ्याल बनेको हृदयमा
जसरी शान्त आउँछ तिम्रो पदचापहरू
त्यसरी नै आएको हुनुपर्छ
तिम्रो हृदयमा हलचल
विचारको बेसारे कुराहरू
प्वाँख झरेका पंक्षी जस्तै निशस्त्र भएपछि
हाम्रो जमिनमै धमिराहरूले घर सजाईसके
त्यसैले मलाई अब प्रेमले चलाउनु छ
तिमीभित्र दुई तिहाईको मानवीय सत्ता
यहाँ विचारले दिएको विभेद सबैभन्दा नृशंस छ
के उतिबेलाको अन्तराष्ट्रिय गीत
राष्ट्रिय अठोट
र, हाम्रो साझा सपना याद छ
मेरो योध्दा ?
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया