बलिउडका चर्चित जोडीमध्येका एक हुन–रणबीर कपूर र आलिया भट्ट। यी जोडीले पहिलो पटक ‘स्क्रीन शेयर’ गर्न लागेका हुन्।
फिल्म ‘ब्रह्मास्त्र’ उनीहरु एकसाथ देखिन लागेका हुन्। जसको पर्खाइ दर्शकहरुले गरिहेका छन्। खबरका अनुसार उनीहरुले फिल्म रिलिज हुने मिती घोषणा गर्नेछन्।
१५ दिसेम्बरमा अयान मुखर्जीको अवेटेड फिल्म ‘ब्रह्मास्त्र’ को पोस्टर रिलिज हुने भारतीय मिडियाले बताएको छ। उक्त फिल्ममा अमिताभ बच्चनसमेत देखिने छन्। यी कलाकारको भूमिका रहो फिल्मको बजेट ३०० करोड रहेको बताइएको छ।