राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
बिएल संवाददाता
ब्राजिललाई पेनाल्टीमा हराउँदै क्रोएसिया कतार विश्वकपको सेमिफाइनलमा पुगेको छ। क्रोएसिया ४–२ ले विजयी भएको हो।
९० मिनेटको निर्धारित समयमा गोलरहित बराबरी खेलिएको खेल अतिरिक्त समयमा गयो। अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा ब्राजिलका नेयमारले गोल गरेर अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा क्रोएसियाका पेट्कोभिजले गोल गरेर आफ्नो टिमलाई खेलमा फर्काए।
यसरी पेनाल्टी किकमा पुगेको खेलमा पहिलो पेनाल्टी क्रोएसियाले गोलमा परिणत गरे पनि ब्राजिलले गर्न सकेन। त्यसपछि अर्को एक गोल गर्न पनि ब्राजिल चुक्यो। तर, क्रोएसियाका पहिलो चार–चार खेलाडीले बललाई जाली चुमाए।
ब्राजिलको किपरले कुनै गोल रोक्न सकेनन् तर क्रोएसियाका किपरले एउटा रोके, अर्को बल पोलले रोकिदियो। यसरी क्रोएसियाका किपरको दिन रहेको खेलमा ब्राजिल अभागी सावित भयो।
अपडेट–
क्रोएसिया १–१–१–१ ––– ०–१–१–० ब्राजिल || पेनाल्टीमा चुक्दै विश्वकपबाट बाहिरियो ब्राजिल
अपडेट–
विश्वकप फुटबलमा ब्राजिलविरुद्ध पछि परेको क्रोएसिया खेलमा फर्किएको छ।
खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले १११७ मिनेटमा बराबरी गोल फर्काएको हो।
अपडेट–
फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अतिरिक्त समयमा अग्रता लिएको छ।
विश्वकपको क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाविरुद्ध १–० को अग्रता लिएको छ।
अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्।
अपडेट–
फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्रोएसियाविरुद्धको खेल अतिरिक्त समयमा धकेलिएको छ। निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न नसक्दा खेल समय ३० मिनेट थप गरिएकाे छ।
क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले लगातार बचाउ गर्दै ब्राजिललाई अग्रता लिन दिएनन्। ब्राजिलका स्टार नेयमारविरुद्ध क्रोएसियाली गोलरक्षक चलाख देखिएका छन्।
ब्राजिललाई हराएर अन्तिम चारको यात्रा गर्नका लागि मैदानमा क्रोएसिया दाैडिरहेकाे छ। राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो। पाँचपटकको च्याम्पियन ब्राजिल जित निकाल्दै सेमिफाइनलकाे दाैडमा छ।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया