जिउभरी ऐँजेरु पलाएका सुभाषलाई हङकङबाट जुट्यो सहयोग,फुलन्देको आमाद्धारा हस्तान्तरण

मदन नेपाली

काठमाडौं

जिउभरी ऐजेरु पलाएका मोरङ मिक्लाजुङ—५ का सुवास राईलाई हङकङबाट आर्थिक सहयोग भएको छ। हङकङमा रहेकी सोनु चाम्लिङको पहल कदमीमा संकलित १ लाख १६ हजार ६ सय ८० रुपैंया पीडित बिरामी राईलाई हस्तान्तरण गरिएको हो । हङकङबाट पठाइएको उक्त रकम चर्चित कलाकार उमेश राई ‘फुलन्देको आमा’ले हस्तान्तर गरे।

सुवास राईको ऐजेरु पलाएर दयनिय अबस्था रहेको र उपचारमा आर्थिक समस्या भएको खबर बिभिन्न सञ्चारमाध्यममा आएपछि सोनुको ध्यान खिचेको थियो । त्यसपछि सोनुले सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरेकी थिईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा सुवासलाई हस्पिटल ल्याउन महत्वपूर्ण भुमिका खेलेका शंकर बजगाई बिरामीका भाई मोहन राई, बहिनी तारा राई लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै कलाकार फुलन्देको आमाले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै सहयोगीदाताप्रति धन्यवाद तथा आभार प्रकट गरे। आफ्नो तर्फबाट सहयोगको लागि सक्दो पहल गर्ने उनले बताए । 

सामाजिक सञ्जालमा कुराकानी गर्दै सोनु चाम्लिङले बिरामीसमक्ष सहयोग गर्न पाउँदा खुसी प्रकट गरिन् ।

यस्तै समाजसेवी शंकर बजगाईले सुवासपछि उनको भाईको पनि उस्तै समस्याले भएको उपचारका लागि हस्पिटलसँग सल्लाह गर्ने बताए ।
 

प्रकाशित मिति: : 2021-12-18 05:44:00

प्रतिकृया दिनुहोस्