बलिउड अभिनेतालाई प्रेममा रुवाउने यी अभिनेतृ !

file photo
file photo

 फिल्म विश्वमा जोडिएको र अलग्गिएको चर्चा प्रायः भइरहन्छ। कैयौं स्टारहरु यस्ता छन्, जसको प्रेम अन्य स्टारसँग एकपटक नभई कैयौंपटक हुने गर्दछ। बलिउडमा यस्ता केही अभिनेतृ छन्, जसले एकपटक मात्र नभई कैयौं पटक हेण्डसम प्रेमीसँग प्रेम गरेर उनीहरुको हृदयमा विछोडको छुरा चलाएका छन्।

अभिनेतृ सुस्मिता
अभिनेतृ सुस्मिता सेनले हालैमात्र प्रेमी रोहमन शलसँग ब्रेकअपको घोषणा गरिन्। रोहमनसँग करिब तीन वर्ष डेट गरेपछि अभिनेतृले सम्बन्ध सकिएको खुलाइन्। यी अभिनेतृले यसअघि झण्डै दश हेण्डसमसँग ब्रेकअप गरिसकेकी छन्। यो सूचीमा विक्रम भट्ट, रणदीप हुड्डा, बन्टी सचदेवादेखि लिएर इम्तियाज खत्रीसम्मको नाम छ।

Masala!

प्रियंका चोपडा
अभिनेतृ प्रियंका चोपडाको अफेयरको सूची पनि लामै छ। उनको प्रेम सम्बन्ध अभिनेता शाहरुख खानदेखि लिएर शाहिद कपुरसम्म थियो। उनको अफेयर हरमन बावेजासँग पनि थियो। यद्यपि उनले यी हेण्डसमसँग नभई हलिउड स्टार निक जोनससँग सम्बन्ध गाँसिन्।

Moviezines.se

दीपिका पादुकोण
अर्की अभिनेतृ दीपिका पादुकोणको नाम धेरै हेण्डसमसँग जोडिएको छ। अभिनेता रणवीर सिंहसँग विवाह अघि उनको अफेयर रणवीर कपूरसँग थियो। यसअघि उनको नाम युवराज सिंह, सिद्धार्थ माल्या, निहार पाण्ड्या र उपेन पटेलसम्म जोडिएको थियो। सिंहबाहेक अन्य कुनै पनि हेण्डसमसँग उनको प्रेम सम्बन्ध लामो समयसम्म चल्न सकेन।

ऐश्वर्या राय
बलिउड सुपरस्टार सलमान खानसँग ब्रेकअप पछि अभिनेतृ ऐश्वर्या रायको नाम विवेक ओबरोयसँग जोडियो। विवेकले जसै सलमानसँग झगडा गरे, त्यसपछि ऐश्वर्याले विवेकसँगको सम्बन्ध पनि तोडिन्। उनले विवेकको क्रियाकलाप ‘अपरिपक्व’ भएको प्रतिक्रिया दिएकी थिइन्।

जाह्नवी कपूर
अभिनेतृ जाह्नवी कपूरको नाम उनको डेब्यू फिल्म ‘धड्कन’ स्टार इशान खट्टरसँग जोडिएको थियो। फिल्मको प्री–लञ्च इभेन्टको समयमा उनीहरु निकै नजिक देखिएका थिए। यसपछि उनीहरु लामो समयसम्म सँगै देखिए। उनीहरुमा जसै प्रेमको तह बढिरहेको थियो, जाह्नवीका पिता बोनी कपुरले उनीहरुको सम्बन्धलाई मान्यता दिएनन्। त्यसपछि उनले ईशानसँग ब्रेकअप गरिन्।

आलिया भट्ट
अभिनेतृ आलिया भट्ट हालका दिनमा अभिनेता रणवीर कपूरसँग डेट गरिरहेकी छन्। यसअघि उनी अभिनेता सिद्धार्थ मल्होत्रासँगको डेटमा थिइन्। तर उनीहरुको सम्बन्ध केही समयसम्म मात्र रह्यो।

विपाशा बसु
अभिनेतृ विपाशा बसु र अभिनेता जोन अब्राहमको सम्बन्ध निकै वर्षसम्म चल्यो। दुवै लिभ इन रिलेसनसिपमा थिए। उनीहरुबीच मतभेद भएपछि अलग्गिने निर्णय लिए। जोनले विपाशाअघि डिनो मारियासँग डेट गरेका थिए।

कटरीना कैफ
अभिनेतृ कटरीना कैफले हालैमात्र अभिनेता विकी कौशलसँग विवाह गरिन्। यसअघि उनको नाम सलमान खान र रणवीर कपूरसँग जोडिएको थियो। यसबाहेक उनी सिद्धार्थ माल्यासँगको प्रेममा पनि थिइन्।

माधुरी दिक्षित
एक समय थियो, जब अभिनेतृ माधुरी दिक्षितको नाम अभिनेता सञ्जय दत्तसँग जोडिएको थियो। उनीहरुको अफेयरको चर्चा खुबै भएको थियो। जसै सञ्जयको नाम सन् १९९३ को मुम्बई बम ब्लाष्टमा जोडियो, त्यसपछि माधुरीले तुरुन्तै सञ्जयसँग सम्बन्ध तोडिन्।

प्रकाशित मिति: : 2021-12-25 19:00:00

प्रतिकृया दिनुहोस्