पहिलो एल्बम निकाल्दा म सगँ भएका सबै गहना बेचेः गायिका योजना पुरी

तेजन खड्का

काठमाडौं

गायिका योजना पुरी पछिल्लो पुस्ताकी चर्चित गायिका हुन्। उनका गीत संगीतहरु एक पछि अर्काे गर्दै चर्चाको शिखरमा छन्।

‘घर होइन मन’, ‘मनै त हो मायालु’, ‘स्वर्ग जस्तो’, ‘हितैको डालीगं’सँग लगायतका गीतमा स्वर दिइसकेकी गायिका पुरी पछिल्लो समय आफ्ना गीतमा अभिनय समेत गर्न थालेकी छिन्।

यसका साथैं उनी सञ्चार क्षेत्रमा पनि आवद्ध छिन्। उनले आफ्नो पहिलो कुराहरु यसरी प्रस्तुत गरेकी छिन्।


गीत रेकडिङः दमकमा भएको थियो २०६३ सालमा म हल्का नर्भस थिए तर सबै मनपराउनु भएको थियो मेरो आवाजलाइ।

विदेशमा कार्यक्रमः हङकङमा  भएको थियो मैले एमसी र सिङगिङ दुबै गरेकोले सबै दर्शक खुसी हुनुहुन्थ्यो।

कमाईः उर्लाबारीमा मेला लाग्थ्यो त्यो बेला पहिलो पटक २००० पाएको थिए।

चलचित्रः चलचित्रका गितहरु गाएकी छु कति फिल्म रिलीज भएनन् एउटा चाँही अल्लारे जोवानको गित गाए राम्रो पनि भयो।

चर्चित गीतः मनै त हो मायालु

धेरै खर्चः पहिलो एल्बम निकाल्दा म सगँ भएका सबै गहना बेचे त्यो नै हो।

विदेश यात्राः हङकङ

अवार्डः दर्शकको मायानै अर्वाडको रुपमा लिएकी छु।

हवाईजहाज यात्राः बिराटनगरवाट काठमाडौ।

प्रेमपत्रः मैले चाँही लेखीन मनपरे पनि ,अरुको चाहि स्कुलमै आउथ्यो प्रेमपत्र।

डेटिङः खास डेटीङको अर्थ बल्ल बुझदैछु डेट जाउ भनेर चाही कोहीसगँ गको छैन् तर यसै भेटम भनेर चाहि भेट्या छु।

चुम्बनः सेकरेट पिलिज

विछोडः एक मित्र थिए बिदेश गए म असाध्यै रोएकी थिए तर कता छन् अहिले सम्म थाहा छैन कहिले भेट भएन्।

मोबाईलः मोटोरोला एल ८१० बाबाले ल्यादिनु भएको थियो।

डान्सः आफ्नै गितमा मोडलको रुपमा नाचेकी छु।

गीत रेकर्ड गर्दाको अनुभव: दमकमा सबैले आवाज सुनेर तारिफ गर्नु भएको थियोे। बेलुकी रेकड भएको थियो गर्मीको समय गाह्रो त भएको थियो नै।

दुर्घटनाः भाइसगँ बाइक सिक्दा लडेकी थिए अहिले सम्म स्कुटर बाइक चलाउन डर लाग्छ।

घाटाः पहिलो एल्बम आफ्ना् गहना बेचेर गरेकी थिए अहिले सम्म किन्न सेकेकी छैन्।

बदमासीः  सानोमा धैरै गरियो कहिले घरबाट जम्प गर्ने कहिले अरुसगँ झगडा गर्ने।

सजायँः मेरो सानोमा खुटा भाचिएको थियो।

दुखीः केहि समय अघि पोर्चुगलमा भाइले अप्रेसन भएको फोटो पठायो उडेर जाम या के गरु कसो गरु भयो निदाउन असाध्यौ गा्रहो भयो।

खुसीः अहिले सम्म धेरै जना आमा बा हरुले मेरो छोरी पनि तिमी जस्तै भए अनि तपाइ जस्तै बनाउन चाहान्छौ भनेर नाम सम्म योजना राखीदिनु भएको छ केही समय अघि मात्र।

 

प्रकाशित मिति: : 2021-12-27 12:07:00

प्रतिकृया दिनुहोस्