वेब सीरीज 'ह्युमन' को  ट्रेलर सार्वजकि

औषधीको अँध्यारो संसारको सत्यता देखाउन जारी गरिएको 'ह्युमन' वेब श्रृङ्खलाको ट्रेलर सार्वजकि भएको छ। 

स्पेशल ऑप्स १.५, आर्या २, नवंबर स्टोरी जस्ता शोहरु   सफलतामा पुगेपछि डिज्नी प्लस हटस्टारले २०२२ को शुरुवात सँगै 'ह्युमन' सुरु गर्न  लागेको छ। जुन  मानव औषधि परीक्षणहरूमा आधारित चिकित्सा थ्रिलर हो। 

वेब सिरिजमा विशाल जेठवा, राम कपूर, सिमा बिस्व, आदित्य श्रीवास्तव र मोहन अगासेका साथमा शफली शाह र कीर्ति कुलहरिको अभिनय रहनेछ। विपुल अमृतलाल शाह र मोजेज सिंहको निर्देशनमा बनेको डिज्नी प्लस हटस्टारुको विशेष शृंखला मोजेज सिंह र इशानी बनर्जीले लेखेका हुन्। 

वेभ सिरिजका बारेमा निर्माता तथा निर्देशक विपुल अमृतलाल शाहले भने, 'मानव चिकित्सा विश्वको पृष्ठभूमिसहित मानव प्रकृतिका जटिलतामा अल्झिएको छ।'

प्रकाशित मिति: : 2021-12-28 13:39:00

प्रतिकृया दिनुहोस्