सन् २०२१ मा छुट्टिएका यी चर्चित जोडी

Breaknlinks
Breaknlinks

बलिउड इन्डस्ट्रीमा प्रेम सम्बन्धका बारेमा चर्चा चलिनै रहने गर्छ। तर त्यहाँ त्यस्ता जोडीहरु पनि छन्। जो विवाह गरेको र प्रेम सम्बन्धमा रहेको लामो समयपछि एकअर्कासँग छुट्टिने गर्छन्। र एकअर्कासँग टाढिने पनि गर्छन्। यसैले आज त्यस्ता व्यक्तिहरुबारे चर्चा गरौँ, जो आफ्नो जीवन साथीसँग सम्बन्धमा बसेको लामो समयपछि २०२१ मा अल्लगिए।


आमिर खान र किरण राव
अभिनेता आमिर खान र निर्मात्री तथा लेखक किरण राव छुट्टिएका छन्। उनीहरुले २०२१ मा एकअर्काको १५ वर्ष लामो वैवाहिक सम्बन्धलाई तोडेका हुन्। आफूहरु टाढिए पनि सन्तान छोरा आजादको पालनपोषणमा सहकार्य गर्ने उनीहरुको भनाइ थियो।

समान्था रुथ प्रभु र नागा चैतन्य
दक्षिण भारतीय फिल्मकी अभिनेत्री समान्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडी सर्वाधिक रुचाइएको जोडी हुन्। तर उनीहरु विवाहको चार वर्षपछि २०२१ मा छुट्टिएका हुन्। अहिले उनीहरुले आ–आफ्नो जीवनलाई अगाडि बढाइरहेका छन्।

हनी सिंह र शालिनी तलवार
बलिउडका र्‍यापर हनी सिंह र उनकी पत्नी शालिनी तलवार छुट्टिसकेका छन्। सन् २०२१ मा शालिनीले हनीविरुद्ध घरेलु हिंसाको मुद्धा दर्ता गरेकी थिइन्। जसकारण उनीहरु एकअर्कासँग टाढिए। हनीले भने आफूमाथि लगाइएको आरोप झुठो बताएका थिए। 

करण मेहरा र निशा रावल
टेलिभिजनको सुन्दर जोडी करण मेहरा र निशा रावल  छुट्टिसकेका छन्।  सन् २०१२ मा हाँसीखुशी विवाह गरेका यो जोडी २०२१ मा अलग्गिए। दुई जनाबीचको झगडाले उग्र रुप लिएपछि उनीहरु टाढिका हुन्।    

कीर्ति कुल्हारी र साहिल सहगल
बलिउड अभिनेतृ कीर्ति कुल्हारीले पति साहिल सहगलसँग २०१६ मा विवाह गरेकी थिइन्। सन् २०२१ मा उनले साहिलसँग अलग्गिने निर्णय गरिन्। 

प्रकाशित मिति: : 2021-12-31 20:00:00

प्रतिकृया दिनुहोस्