सन् २०२२ मा रिलिज हुने यी फिल्म...

२०२२ सुरु भएसगैँ दर्शकहरुले अब धमाकेदार ‘कन्टेड’ देख्न पाउनेछन्। अभिनेतृ दिपिका पादुकोणलगायत अजय देवगनको फिल्म र वेब सिरिज यस महिना रिलिज हुने भएको छ। ‘गहराइया, ह्यूमन र बनेगी शिखरवती’ जस्ता फिल्म र वेब सिरिज यस महिना देख्न पाइनेछ। 

२०२२ मा देख्न पाइने यी फिल्मः

कौन बनेगी शिखरवती
‘कौन बनेगी शिखरवती’ ७ जनवरी मा ‘जी–५’ मा सुरु हुनेछ। यसमा नसीरुद्दीन शाह, लारा दत्ता, सोहा अली खान, कृतिका कामरा र अन्या सिंह अहमको अभिनय देखिनेछ।

क्याम्पस डायरीज 
वेब सिरिज क्याम्पस डायरी ७ जनवरीमा  ‘एमएक्स प्लेयर’ मा रिलिज हुनेछ। यसमा हर्ष बेनीवाल, ऋत्विक सहोर, सलोनी पटेल, अभिनव शर्मा, सृष्टि गांगुली रिंदानीको मूख्य भूमिका रहनेछ। 

गहराइया
दीपिका पादुकोण, अनन्या पांडे र सिद्धांत चतुर्वेदीको अभिनय रहने फिल्म ‘गहराइया’ अमेजन प्राइम भिडियोमा २५ जनवरी २२ मा रिलिज हुनेछ। शकुन बन्नाले डायरेक्टर गरेको फिल्मलाई ओटीटी रिलिज गर्ने भएको हो। 

ये काली काली आंखें
वेब सीरीज ‘काली काली आंखें’ १५ जनवरीमा ‘नेटफ्लिक्स’ मा रिलिज हुने भएको छ। यसमा ताहिर राज भसीन, श्वेता त्रिपाठी, आंचल सिंह, सौरभ शुक्ला, बृजेंद्र काला र अरुणोदय सिंह रहेका छन्। 

रुद्र
अभिनेता अजय देवगन यस सिरिजमा आफ्ना डिजिटल डेब्यूगर्न गइरहेका छन्। यसलाई ‘प्लस हटस्टार’ मा रिलिज गरिनेछ। तर यसको मिती भने सावर्पजनि भएको छैन्। रिर्पोटका अनुसार यो सिरिज यस महिनामा नै रिलिज हुनेछ। 

प्रकाशित मिति: : 2022-01-02 21:10:00

प्रतिकृया दिनुहोस्