फिटनेश टिप्स

अनन्या पाण्डेको फिटनेश 'राज'

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

बलिउडकी फिटनेश अभिनेत्रीमध्येकी एक हुन्, अनन्या पाण्डे। आफ्नो आकर्षक शरीरको कारण दर्शकलाई घायल बनाउने उनको अल्ट्रा स्लिमको कारण उनको फिटनेश रूटीन र डाइट हो। उनी खाना खान रुचाउँछिन्। तर आफ्नो डाइटको  पनि ध्यान राख्छिन्। दिनहुँ  जिम जानु, वेट ट्रेनिंग र कार्डियो एक्सरसाइज उनको फिटनेश रूटीनको हिंस्सा हो। 

सबै किसिमको वर्कआउट गर्ने अनन्या पिलेट्स गर्न रुचाउँछिन्। तर नृत्य गरेर पनि उनी आफूलाई फिट राख्छिन्। उनी साताको पाँच दिन योगा गर्छिन्। जुम्बा र एरोबिक्सको लागि पनि उनी समय निकाल्छिन्। उनी आफूलाई रिलेक्स गराउनका लागि स्विमिंग गर्छिन्। 

प्राकृतिक जुस पिउँछिन्

अनन्यालाई चकलेट र पिज्जा मनपर्छ। उनी शनिबार चीट डाइट लिन्छिन्। सधैंजसो उनी ब्रेकफास्टमा मिल्क, नरिवलको पानी  ताजा जुस पिउँछिन्। उनी आफूलाई फिट राख्नका लागि हेल्दी खानेकुराहरु मात्र खान्छिन्।  

प्रकाशित मिति: : 2023-09-04 22:10:00

प्रतिकृया दिनुहोस्