घोराहीमा आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरू

दाङको घोराही उपमहानगरपालिकामा आजदेखि विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरू गरिएको छ।

नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर खोप लगाउन सुरू गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

१२ बर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई यही पुस २४ गतेसम्म मोडेर्ना खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए।

नगर भित्रका ८० बढी विद्यालयका २५ हजार ९ सय ४० जना विद्यार्थीहरुलाई खोप लगाउने लक्ष्य लिइएको छ।

नगरमा अहिलेसम्म ९८ प्रतिशत नागरिकहरुले कोरोनावरुद्धको पहिलो डोज खोप लगाएको घर्तीले जानकारी दिए।

एक लाख २१ हजार ७ सय ९३ जनाले पहिलो डोज र ७३ हजार ४ सय ६५ जना अर्थात ५९ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन्।

प्रकाशित मिति: : 2022-01-04 12:40:00

प्रतिकृया दिनुहोस्