घनश्याम अस्तित्व
प्रश्नका अनगिन्ती ज्वारभाटाहरु उर्लिरहेछन्
खाँघुरो मस्तिष्कको
चिन्तनको यो फराकिलो महासागरमा
बन्दै गरेको यो दरबार हेरिहँदा।
पसिनाका कति नदीहरु खेर गए हुन् ?
भोको पेटमा कति लात खाए हुन्-मजदुरहरुले
निर्मम हत्या भए हो कति-कति टुहुरा सपनाहरुको
हो, यस्तै यस्तै प्रश्नका ज्वारभाटाहरु उर्लिरहेछन्
बन्दै गरेको यो दरबार हेरिरहँदा।
दलाल पो हो कि यो मालिक?
जो आफ्नै देशका युवा बेच्छ र बिदेश पठाउछ
कि हो ज्ञान बेच्ने नाममा
शिक्षाको ब्यवसाय गरिरहेको
कुनै प्राइभेट स्कूलको एक्लो सेयर होल्डर?
कि हो ठकदार रुपको ठेकदार
यो दरबारको मालिक?
कि हो आश्वासन र भ्रमको ललिलप देखाउँदै
छलनीति गरिरहेको नेता?
लेखकलाई शब्दहरुको मूल्य ठगिरहेको
कुनै पब्लिेकेशन हाउसको मालिक पो हो कि?
रम, भर्जिन र रातको खेल खेलाइरहेको
कुनै नामी प्रशिक्षकको दरबार पो हो कि?
साँच्चै, यो दरबारको मालिक
कि हो कलाकार ठगिरहेको फिल्म प्रोड्युसर?
हो, यस्तै यस्तै प्रश्नका ज्वारभाटाहरु उर्लिरहेछन्
बन्दै गरेको यो दरबार हेरिरहँदा।
अचम्म त यो छ कि!
सामान्य कुनै शिक्षक, खरिदार या ड्राइभरको
सहरका यी कुनै चोकहरुमा
दरबार छ भन्ने सुनेको हुन्थे भने
दिमाग चाट्ने यी यस्ता प्रश्नहरु उठ्थे-उठ्थेन्
आफै रहस्य बनेको छु आफ्ना लागि।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया