सिक्लेसको सुन्दरता (तस्विरहरू)

पोखरा नजिककाे गुरुङ गाउँ सिक्लेसले जो कोहीको मन लोभ्याइ हाल्छ। कला संस्कृतिले धनी गाउँ सिक्लेस कास्कीको मादी गाउँपालिकामा पर्छ। आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र पनि हो, सिक्लेस। खानपानको लागि होमस्टे र होटलको समेत राम्रो सुविधा छ सिक्लेसमा।

गुजुप्प परेकी गुरुङ गाउँ यहाँहरुलाई स्वागत गर्न तम्तयार रहन्छ। सिक्लेस पुग्न पोखरादेखी ४० किलोमीटरको यात्रा तय गर्नुपर्छ। काहुँ खोला हुँदै तप्राङ, चिप्ली, थाकडाँडालाई पछि पार्दै सिक्लेस पुग्न सकिन्छ।

समुद्री सतहदेखी २ हजार मिटर उचाईमा रहेको सिक्लेससम्म पुग्न जिप र बसको सुविधा छ। अहिले स्थानीय सरकार पक्की मोटरबाटो बनाउन जोडतोडका साथ लागि परेको छ।

कपुछे ताल र कोरी हिमाल जान पनि सिक्लेस कै रुट प्रयोग गर्नुपर्छ। सिक्लेसबाट अन्नपूर्ण बि र लमजुङ हिमाल आँखैअघि देखिन्छन्।


तस्विरहरू:

प्रकाशित मिति: : 2022-01-05 15:58:00

प्रतिकृया दिनुहोस्