झापामा एकैदिन ७२ जना संक्रमित

तेस्रो लहरको शुरुवातसंगै तीब्ररुपमा कोरोना संक्रमण फैलिदै गएको झापामा एकैदिन ७२ जना संक्रमित भएका छन्।

आइतबार एकैदिन त्यति धेरै संख्यामा संक्रमित भएका हुन्। मेची र कोटीहोम ल्याबमा ८५ जनालाई परीक्षण गर्दा ५१ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाहिरको ल्याबबाट ९ र एन्टीजेन विधिबाट १२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।यसैबीच झापामा सातामा १९४ जना संक्रमित भएका छन् ।

गत आइतबार ९ जनामा संक्रमण पुष्टि भएको झापामा त्यसको भोलिपल्ट सोमबार ३४ ,मंगलबार २५ ,बुधबार १६, बिहीबार ३७ , शुक्रबार ५१ र शनिबार २२ जना संक्रमित भएको स्वास्थ्य कार्यालय झापाको तथ्यांकले देखाएको छ। झापामा हाल १२७ महिला र १५५ पुरुष गरी २८२ जना सक्रिय संक्रमित रहेका छन्। त्यसमध्ये ७ जना अस्पतालमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति: : 2022-01-16 22:47:00

प्रतिकृया दिनुहोस्