बलिउडका महँगा यी डायरेक्टर

बलिउड इन्डस्ट्री लाइमलाइटबाट भरपूर्ण छ। जसको प्रमाण अभिनेता र अभिनेत्रीलाई देखेर नै साबित हुन्छ। कलाकारहरु एउटै फिल्ममा काम गरेको करोडौं फिस लिने गर्छन्।

तर यो कम मान्छले थाहा पाएका छन् कि डायरेक्टरहरुले पनि एक फिल्ममा काम गरेको करोडौं लिने गरेका छन्। आज हामी चर्चा गर्नेछौँ त्यस्ता टप डायरेक्टरहरुबारे जसले फिल्मबाट करोडौं फिस लिने गर्छन्। 

सन्जयलिला भन्साली 
सन्जयलिला भन्सालीले डायरेक्टर गरेको फिल्म सुपरहिट साबित हुने गरेको छ। उनले आइकनिक फिल्म गरिसकेका छन्। ‘देवदास र बाजीराव मस्तानी’ जस्ता आइकनिक फिल्मलाई डायरेक्ट गरेका उनले फिल्मबाट फिक्स पैसा लिदैनन्। फिल्मबाट कमाई भएको हिस्सा लिने गरेका छन्। 

रोहित शेट्टी
एकसे एक फिल्म दिने डायरेक्टर रोहितका नाम पनि टप डायरेक्टरको लिस्टमा सामेल छ। उनी एक फिल्मका लागि २० करोड लिने गरेका छन्। उनी एक्शन फिल्म देखाउने डायरेक्टर हुन्। उनले डायरेक्ट गरेका फिल्महरु निकै राम्रो हुने गरेको छ। 

राजकुमार हिमानी
राजकुमार हिमानीले डायरेक्ट गरेका फिल्महरु दर्शकहरुले खूब रुचाउने गरेका छन्। उनको सबै फिल्म शानदार हुने गर्छ। ‘३ ईडियट’ जस्ता फिल्म डायरेक्ट गरेर उनले आफ्नो राम्रो छवि बनाइसकेका छन्। जानेमानेका डायरेक्टर उनी एक फिल्मबाट १५ करोड लिने गरेका छन्। 

करण जौहर
नाम चलेको डायरेक्टरमध्येका एक हुन्–करण जौहर। उनले एकसेएक फिल्मलाई डायरेक्ट गरेर आफ्नो नाम कमाइसकेका छन्। उनको फिल्म सुपरहिट साबित भइसकेको छ। उनी एक फिल्म डायरेक्ट गरेको १२ करोड लिने गरेका छन्। 


 

प्रकाशित मिति: : 2022-01-20 12:17:00

प्रतिकृया दिनुहोस्