जरिन खानको नयाँ खुलासा–‘म सलमानको बादँर भएर बस्न सक्दिनँ’

free press journal
free press journal

२०१० मा रिलिज भएको फिल्म थियो–‘वीर’ जसबाट जरीन खानले बलिउडमा डेब्यू गरेकी थिइन्। 

जसमा सलमान खानको भूमिका पनि रहेको थियो। भनिन्छ, करियरको सुरुवात सलमानसँग गर्ने कलाकारले कहिल्यै पछाडि फर्कन पर्देन। 

तर जरीनको मामलामा भने त्यसो भएन। इन्डस्ट्रीमा जरीनको फिल्म खासै नआए पनि चर्चितमध्येकी एक हुन्। उनी आफ्नो फेन्सका लागि केही न केही सेयर गरिरहनछिन्।

हालमै उनले यस्तो कुरा सेयर गरेकी छन्। जसलाई उनको फेन्स मात्र नभई कलाकारले समेत विश्वास गर्न सकेनन्। उनले आफ्नो पहिलो फिल्म सलमानसँग गरेकी थिइन्।

सलमानले पनि उनलाई निकै सर्पोट गरे। तर जरीनले भनेकी छिन्–कुनै बादँर हुन चाहदिन् जो सधैँ सलमान र उनको दाईको पछाडि रहने। एक इङलिस वेबसाइडमा दिएको इन्टरव्यूका अनुसार इन्डस्ट्रीमा भेटिएका मानिससँग उनी खुशी छिन्। उनी कुनै दौडको भाग बनिन्। 

उनले भनिन्, ‘मभित्र पहिलाको भन्दा निकै बदलाव आएको छ’ मानिसले अझैसम्म भन्ने गरेका छन् सलमानले मलाई सहयोग गरिरहन्छन्। म उसलाई धन्यवाद दिन चाहन्छु, किनकी उसले मलाई इन्डस्ट्रीमा आउने मौका दिए, तर मेरो लागि संघर्ष दिन त्यतिखेरदेखि सुरु भयो जबदेखि म आएँ।’

उनका अनुसार सलमान राम्रो मान्छे हुन् तर उनी धेरै व्यस्त रहन्छन्। म सानो कुराका लागि उनको दाईको पछि लाग्न सक्दिन। उनले थपिन्, ‘मान्छे सोच्छन् कि आज म काम गरिरहेको छुत्यो सबै सलमानले गरेर हो, तर यसमा कुनै सच्चाई नै छैन, उनी मेरो राम्रो साथी हुन्। म उसलाई दुख दिन चाहदिनँ, यसले मलाई कमजोर बनाउँछ। 

जरीनले फिल्म ‘वीर’ पछि ‘हेट स्टोरी ३’ ‘अक्सर २’ छहाउसफुल’ र ‘वजह तुम हा’ मा काम गरिसकेकी छन्। 

प्रकाशित मिति: : 2022-01-21 12:20:00

प्रतिकृया दिनुहोस्