माधुरी दीक्षितसँग फिल्म खेल्न नचाहने यी अभिनेत्री 

Breaknlinks
Breaknlinks

बलिउडमा रोमान्सको कुरा आउँदा यश चोपडालाई याद गरिन्छ। बलिउडका चर्चित निर्माता यश चोपडा राम्रो फिल्म बनाउनका लागि प्रसिद्ध छन्।  उनले  डान्स, माया र साथीसँग सम्बन्धित फिल्म बनाउन चाहेका थिए। जसको नाम थियो–‘दिल तो पागल है’। 

जहाँ उनले  शाहरुख खान, माधुरी दीक्षित र करिश्मा कपूरलाई लिएका थिए। तर फिल्ममा ‘निशा’ को भूमिका निभाउनका लागि केही अभिनेत्रीहरुलाई पनि अफर गरिएको थियो तर सबैले अस्विकार गरे। 

यी अभिनेत्रीले गरेका थिए फिल्मलाई अस्विकार
१९९७ मा रिलिज भएको फिल्म थियो–‘दिल तो पागल है’। जुन निकै चर्चित भयो। जसलाई दर्शकहरुले अझै बिसिएका छैनन्। फिल्ममा कलाकारले निकै राम्रो अभिनय पनि गरेका थिए। तर फिल्मका निर्मातालाई भने कलाकार छान्न निकै मुश्किल परेको थियो। फिल्ममा शाहरुख र माधुरी  फाइनल भइसकेका थिए तर ‘निशा’ को भूूमिका गर्ने अभिनेत्री भने फाइनल भएको थिएन।

यश चोपड़ाले राहुुलको  भूूमिकाको लागी  शाहरुख र पूजाको भूमिकाका लागि  माधुरीलाई छानेका थिए। फिल्ममा निशाको भूमिकाका लागि पहिलोपटक करिष्मालाई रोजे। तर, उनले अस्वीकार गरिन्।

त्यसपछि उनले  मनिषा कोइरालालाई अफर गरे,  तर उनले पनि त्यो भूमिका अस्वीकार गरिन्। उनले जुही चावलालाई पनि उक्त फिल्ममा बाेलाएका थिए तर जुुहीले काम गर्न अस्वीकार गरिन्।जसका कारण थिइन् –माधुरी दीक्षित।

माधुरी  दिक्षितसँग काम नगर्नुुका कारण 
त्यो समयमा माधुरी र जुही एक अर्काका बलिया प्रतिस्पर्धी थिए। उनीहरु दुवै बलिउडका महान् अभिनेत्रीहरू मानिन्छन्। उक्त फिल्ममा माधुरी प्रमुख भूमिकामा थिइन्। यस्तो अवस्थामा जुहीले माधुरीको  अगाडि दोस्रो भूमिकामा काम गर्न  चाहिनन्।

त्यसकारण जुहीले यश चोपडाको यो प्रस्ताव अस्वीकार गरिन्। जुहीको अस्वीकारपछि पनि  यशको खोजी कार्य जारी रह्यो। उनी निशाको भूमिका राम्रो कलाकारलाई दिन चाहान्थे। 

यश रवीना टंडन समक्ष प्रस्तुत भए, तर रवीनाले पनि फिल्ममा काम गर्न चाहिन्न्। रवीनाको अस्वीकारपछि उनले काजोललाई रोजे तर माधुरीको दोस्रो भूमिकामा रहेर काम गर्न उनी तयार भइनन्। 

यशले पुुन–करिश्मालाई निशाको  भूमिकामा लिन चाहान्थे। उनले करिश्मालाई  भेटे र निशाको रोलको बारेमा सम्झाए। भलै करिश्माले पहिलो पटक नै रोललाई अस्वीकार गरिसकेकी  थिइन्। तर यशले  सम्झाएपछि भने करिश्मा उक्त रोलको लागि तयार भइन्। 

करिश्माले देखाईन करिश्मा 
करिश्मा पर्दामा उत्रिएपछि ‘मुजको हुइ न खबर’ बोलको गीतबाट धमका मच्चाइन्। 

फिल्ममा उनी केही समय पर्दामा देखिए पनि माधुरी र करिश्माको झगडा भयो। 

करिश्माले निशाको भूमिका यति सुन्दर ढंगमा निर्वाह गरिन् कि सबैको हृदयमा बस्न थालिन्। फिल्ममा माधुरी प्रमुख भूमिकामा रहे पनि  करिश्माले आफ्नो बलियो छाप बनाएकी थिइन् । 

‘दिल तो पागल है’ रिलीज  भएको २७ वर्ष भईसकेको छ। तर, आज पनि यो फिल्मको क्रेज जनतामाझ टुंगिएको छैन। 

आज पनि प्रशंसकहरूले माधुरीको उड्ने दुपट्टा, शाहरुखको प्रेम र करिष्माको बेमतलब बिर्सेका छैनन्। उनीहरु तीन जनाले अचम्मको प्रदर्शन गरेका थिए। जसकारण चलचित्र ब्लकबस्टर बन्यो। 

यो फिल्मबाहेक करिश्मा शाहरुखसँग फिल्म ‘शक्ति’ मा देखिएकी थिइन्। यसैगरी, माधुरी र शाहरुखले ’हम आप्के है सनम, देवदास, अन्जम र कोलेकलगायत थुप्रै हिट फिल्म गरे।

प्रकाशित मिति: : 2022-02-02 18:30:00

प्रतिकृया दिनुहोस्