‘लक अप’को पहिलो लुक सार्वजनिक

Kangana Ranaut
Kangana Ranaut

बलिउड नायिका कंगना रनाउतले ‘लक उप’को पहिलो लुक सार्वजानिक गरेकी छिन्। एकता कपुरद्वारा निर्मित उक्त शो ‘लक उप’ रियालिटी शो हो। 

कंगनाले ‘शो‘ बारे सामाजिक संजालमा फोटो पोस्ट गर्दै ‘लक उप’ होस्ट गर्न लागेको सार्वजनिक गरेकी हुन्। 

शोको पहिलो पोस्टरमा रानाउटले पृष्ठभूमिमा पुलिससँग जेल सेटअपमा प्रस्तुत गरेको, प्रतियोगीहरुलाई लक गर्ने र रियालिटी शो बन्द गर्ने प्रतिज्ञा गर्दै चम्किलो जोडी हत्कडी समातेको देखाइएको छ।

कार्यक्रममा सहभागीका रुपमा नाम चलेका केहि सेलेब्रिटीहरु समेत रहेका छन्। जसमा दिव्या त्रिपाठी, मनोव गोहिल, हिना खान, श्वेता तिवारी, सुर्भी ज्योति, उर्फी जावेद, आदित्य सिंह राजपुत, मल्लिका शेरावत, अनुष्का सेन, अवनीत कौर, चेतन भगत, हर्ष बेनिवाल, शहनाज गिल, पूनम पाण्डे र वीर दास रहेका छन्।

‘लक अप’ फेब्रुअरी २७ देखि अल्टबालाजी र एमएक्स प्लेयरमा रिलिज हुनेछ।

प्रकाशित मिति: : 2022-02-11 14:53:00

प्रतिकृया दिनुहोस्