'भ्यालेन्टाइन डे' लाई विकृतिका रुपमा नमनाऔँ !

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे। नेपालीमा भन्दा प्रणय दिवस। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। यो दिवस विशेष गरी युवायुवतीहरुले प्रेम साटासाट गरेर मनाउने गर्छन्।

चाडका रुपमा मनाउने यो दिवसले पछिल्ला केही वर्षदेखि नेपालमा पनि महत्त्वपूर्ण हुन थालेको छ। यो दिनमा आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने र विभिन्न उपहार पनि साटासाट गर्ने चलन छ।

अहिलेको समय परिवर्तित र आधुनिक छ। धेरैको जोडी सामाजिक सञ्जालले जुराइदिएको छ। सामाजिक सञ्जालमा समय व्यतित गर्नेहरू यसै मार्फत आफ्ना प्रेमीरप्रेमीकाहरुसँग रमाइरहेका छन्।

यस्ता दिवसहरुले समाजमा विकृति फैलाइरहेका पनि छन्। भ्यालेन्टाइन डे मनाउन कतिले आफ्नो साँचो माया गुमाउनु पनि परेको छ। कतिले आफ्ना सपनाहरू धमिल बनाएका छन्। जर्बरजस्ती प्रेम गर्नेहरूको होडले पनि समाजमा विकृति, विसङ्गती फैलाइरहेको छ।

प्रेम दिवस एउटा संस्कृति पनि हो। यसलाई हामीले सकारात्मक तरिकाले मनाउनुपर्छ। प्रेमका नाममा हुने विभिन्न अनैतिक क्रियाकलापहरुले गर्दा पनि नेपाली समाजले यसलाई स्पष्ट स्वीकार गरी सकेको छैन्। आधुनिक युवापुस्ताले नै यसलाई विकृतिका रुपमा फैलाइरहेका छन्। यसलाई युवा पिडीले नै सपार्नु पर्छ।

साँचो र सच्चा प्रेम गर्नेहरूका लागि सधै प्रेम दिवस नै हो। तर यहाँ प्रेमका नाममा मायाको व्यापार गर्नेहरुले विसंगति फैलाउँदै गएका छन्। आजकाल देखावटीपनले गर्दा 'बाइफ्रेन्ड' र 'गलफ्रेन्ड' बनाउने होडबाजी नै चलेको छ। 

प्रेम भनेको निस्वार्थ हुनुपर्छ। माया भावनात्मक हुनुपर्छ। स्वार्थ भावका साथ आएको प्रेम प्रस्ताव कसैलाई मान्य हुने छैन। यस्तो प्रस्तावलाई झूठो मायाको सज्ञां दिनुपर्छ। उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले निस्वार्थ गरेको माया दिगो हुन्छ। निस्वार्थ मायामा मिठास हुन्छ।

अन्तमा: प्रेम दिवस एउटा संस्कृति पनि हो। यसलाई विकृतिका रुपमा नफैलाऔँ। सभ्य भएर यस्ता दिवसहरु मनाऔँ। ह्याप्पी भ्यालेन्टाइन डे!

प्रकाशित मिति: : 2022-02-14 20:47:00

प्रतिकृया दिनुहोस्