आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेपछि नेपालले फिल्डिङ गर्ने भएको छ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
आजको खेल जिते नेपाल दोस्रो पटक टी- २० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ। यसअघि नेपाल र यूएईबीच चारचाेटि भेट भएकामा दुवैले दुई दुई जित हात पारेका छन्।