तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै

File photo
File photo

सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित हुँदै दोस्रो पटक आईसीसी टी-२० विश्वकपमा स्थान बनाउन चुकेको नेपालले तेस्रो स्थानको लागि आज (बिहीबार) आयोजक ओमानसँग खेल्दैछ। 

विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध मैदान उत्रदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ।मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।

यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो। दुबै टोली छनोटको सेमिफाइलनमा पुगे पनि पराजित  हुँदै अस्ट्रेलियामा अक्टोबरदेखि सुरू हुने विश्वकपमा स्थान बनाउन असफल भए। 

नेपाल समूह ‘बी’ को विजेताको रुपमा र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए। तर, सेमिफाइलनमा नेपाल युएईसँग ६८ रन र  ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो।

सेमिफाइनलमा जित निकाल्दै फाइलन पुगेका युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन्। 

प्रकाशित मिति: : 2022-02-24 12:51:00

प्रतिकृया दिनुहोस्