बानेश्वरमा भएको झडपमा दुई जना घाइते

File photo
File photo

एमसीसी विरुद्ध बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीन जना घाइते भएका छन्। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकारसहित दुई जना घाइते भएका हुन्। 

घाइते भएका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ। बानेश्वर प्रहरीका अनुसार उनको टाउको र शरीरमा चोट लागेको छ। 

अर्का घाइते केदार सिवाकोटीको पनि एभरेष्ट अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ। रगज प्रर्दशनको भिडियो खिच्ने क्रममा र सिवाकोटी प्रर्दशनमा उत्रिएको बेला घाइते भएका हुन्। 
 

प्रकाशित मिति: : 2022-02-24 17:51:00

प्रतिकृया दिनुहोस्