सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके एमाले होइन : नेम्वाङ

File photo
File photo

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताएका छन्।

बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने  सहमति भएको बताए। 

माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिती त्यो लेभलमा नपुगेको बताए। 

उनले धेरै समय पश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने बताए।

नेम्वाङले एमसीसीबारे छलफल भइरहेको भन्दै उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताए।

उनले आफूहरु खुत्रुके जस्तो सबै कुरा सकिएपछि फुटाएर काम चलाउने पक्षमा नरहेको भन्दै उनले संविधान र पद्धतिसँग आफूहरु नजिक रहेको बताए। 

'अध्यक्ष ओलीको भाषामा भन्दा हामी हामी खुत्रुकै होइनौँ, सबै कुरा सिदिएपछि फुटाएर काम चलाउने,' नेम्वाङले भने, 'हामी यो देशको संविधान र सिस्टमसँग नजिक छौँ।'

प्रकाशित मिति: : 2022-02-24 19:16:00

प्रतिकृया दिनुहोस्