कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

File photo
File photo

नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ। बिहीबार राति एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए। 

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो। 

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन्। दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए। त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुन बेलुका बस्ने बताएका थिए। 

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ। एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ। 

प्रकाशित मिति: : 2022-02-24 19:39:00

प्रतिकृया दिनुहोस्