तेल टर्मिनलमा शक्तिशाली आक्रमण, ज्यान जोगाउन युक्रेनीहरू बंकरमा (भिडियो)

बिएल संवाददाता

किभ, युक्रेन

रूसी सेनाले युक्रेनस्थित खार्किभ शहरकाे एउटा तेल टर्मिनलमा शक्तिशाली आक्रमण गरेकाे छ।

आक्रमणपछि राजधानी किभबाट ३० किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा आगो दन्किरहेको स्थानीयहरले बताएका छन्।

सामाजिक सञ्जालमा भेटिएका भिडियाे फुटेजहरूमा आगलागी र धुवाँकाे तुवाँलाे प्रष्टै देख्न सकिन्छ।

शक्तिशाली विस्फोटपछि युक्रेनीहरू ज्यान जाेगाउन बंकरमुनि छिरेका छन्। उनीहरूले पाँच दिनदेखि कष्टकार रात कटाइरहेका छन्।

खार्किभ शहरमा भएकाे आक्रमणकाे आवाजले युक्रेनीहरू थप चिन्तित छन्।

Vasylkiv, oil depot on fire pic.twitter.com/hbd1RKJ3OU

— OSINTtechnical (@Osinttechnical) February 26, 2022

यसक्षेत्रमाका मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू थुनेर बस्न उर्दी जारी गरिएकाे छ।

लडाइँ जारी रहेपनि युक्रेनले यूरोपलाई ग्यास निर्यात गरिरहेको छ।

युक्रेनका विभिन्न भागमा रूसी फौजले निरन्तर गोलाबारी र रकेट आक्रमणको गरिरहेकाे छ। 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन्। हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ।

प्रकाशित मिति: : 2022-02-27 09:57:00

प्रतिकृया दिनुहोस्