व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादीको निर्णय

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ।

प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणसहित एमसीसी पारित गर्ने निर्णय गरेको हाे।

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। यसअघि विपक्षमा उभिँदै आएको माओवादी पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो। 

प्रकाशित मिति: : 2022-02-27 10:56:00

प्रतिकृया दिनुहोस्