लागूऔषध गाँजाको व्यापार गर्ने एक जना पक्राउ

विजय साह

  जनकपुर  
File photo
File photo

धनुषाको दुधमती चौकमा  फलफूल पसलको आडमा लागूऔषध गाँजाको व्यापार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बिहिबार क्षीरेश्वरनाथ नगरपालिका–५, दुधमती चौकबाट फलफूल पसलका सञ्चालक अरुणकुमार साहलाई लागूऔषध गाँजाको कारोवार गरेको कसुरमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो।

फलफूल पसलमा खानतलासी गर्दा झोलाभित्र कागजको परिया बनाएर बिक्री गर्न तयारी अवस्थामा राखिएको ९० ग्राम गाँजासहित पसल सञ्चालक साहलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

नियन्त्रणमा लिएको साह उपर लागूऔषध नियन्त्रण ऐनअनुसार जिल्ला अदालत धनुषाबाट पहिलो पटक सात दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-03-02 19:21:00

प्रतिकृया दिनुहोस्