माओवादी केन्द्रले ताेक्याे प्रदेश इन्चार्ज, कुन प्रदेशमा काे ?

नेकपा माओवादी केन्द्र आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन विभिन्न जिल्लाहरूलाई समेटेर कमाण्ड बनाएकाे छ।

प्रदेशगत रुपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै ती प्रदेशभित्रका जिल्लाहरुको पनि समूह विभाजन गरेर कमाण्ड बनाउने निर्णय माओवादीले गरेको हो।

पार्टीकाे सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले सबै प्रदेशका इन्चार्जकाे नाम पनि ताेकेकाे छ।

जसअनुसार प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज बनेका छन्।

त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन्।

प्रकाशित मिति: : 2022-03-07 18:53:00

प्रतिकृया दिनुहोस्