१३ औं साफ च्याम्पियनसिप

फाइनल खेल हेर्न माल्दिभ्सको राष्ट्रपति कार्यालयले दियाे नेपाली कामदारलाई बिदा ​

Photo: ANFA
Photo: ANFA

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचकाे फाइनल खेल हेर्न माल्दिभ्सको राष्ट्रपति कार्यालयले नेपाली कामदारलालाई बिदा दिएकाे छ। राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई बिदा दिएकाे हाे। 

राजधानी मालेस्थित राष्ट्रपति कार्यलयमा करिब २५ जना नेपाली कामदार कार्यरत छन्।

'फाइनल म्याच हेर्नकाे लागि हामीलाई कार्यलयले विदा दिएकाे छ।' मालेस्थित राष्ट्रपति कार्यलयमा कार्यरत एक नेपाली कर्माचारीले भने,'हामी नेपालकाे समर्थनकाे लागि रङ्गशाल जाँदैछाैँ।'

माल्दिभ्सका विभिन्न क्षेत्रमा काम गर्ने नेपालीकाे बाक्लाे उपस्थिति रहेकाेे छ। विदा पाएसँगै अब उनीहरू पनि खेल हेर्न रङ्गशाला जानेछन्।

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल भारतसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2021-10-16 14:11:00

प्रतिकृया दिनुहोस्