कांग्रेस अछामको सभापतिमा शाह विजयी

नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन्।

दाेस्राे चरणको चुनावमा कुल १ हजार ४ सय ९७ मत खस्दा शाहले ७ सय ७९ मत ल्याए। प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरे। ७ मत बदर भएका छन।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि साेमबार मतदान भएको थियो।

प्रकाशित मिति: : 2022-03-08 06:19:00

प्रतिकृया दिनुहोस्