रणवीरसँग बप्पीको यस्तो प्रेम

mens xp
mens xp

दिवंगत बलिउडका लोकप्रिय गायक र संगीतकार बप्पी लहरीले भारतमा डिस्को संगीतको सुरुवात गरेका थिए।

सन् ८० देखि ९० को दशकमा भएका अधिकांश रेट्रो पार्टीमा बप्पीका गीत बज्दथे। उनको प्रतिभाबाट जोकोही परिचित थिए। उनको गत १५ फेब्रुअरीमा निधन भएपछि बलिउडले ठूलो क्षति व्यहोर्नुपर्‍यो।

यिनै गायकका छोरा बप्पाले पिता बप्पीले आफ्नो बायोपिक बनाउन चासो दिएको खुलासा गरेका छन्। उनका अनुसार पिताले आफ्नो बायोपिक बनाउँदा उक्त बायोपिकमा अभिनेता रणवीर सिंहलाई ‘बप्पी’को भूमिका चरित्र हेर्न चाहेको बताउने गरेका थिए।

‘उहाँ जहिल्यै पनि आफ्नो बायोपिकमा रणवीर सिंह काम गरून् भन्ने चाहनुहुन्थ्यो। तीन, चार वर्षअघि केही निर्मातासँग बायोपिकको बारेमा पनि कुरा भएको थियो। बुबा रणवीरलाई निकै मनपराउनु हुन्थ्यो’, बप्पाले भनेका छन्।

उनले बायोपिकका विषयमा रणवीरसँग कहिल्यै कुरा नगरेको उल्लेख गरेका छन्। रणवीरसँग कुराकानी गर्नुअघि कथा लेखन र प्रि-प्रोडक्सनको काम सक्नुपर्ने भएपछि त्यो काम नसकिएको उनले खुलाए।

‘अहिले हामी बायोपिक बनाउन सक्ने अवस्थामा र चरणमा छैनौं। रणवीरभित्र सबै गुण छन्, जुन मेरो पिताभित्र थियो। रणवीरमा संगीत बुझाइको ठूलो भण्डार छ। उनी मेरो पिताको ठूलो फ्यान हुन्, हामी उनलाई सम्मान गर्छौ,’ बप्पीले भनेका छन्।

 

प्रकाशित मिति: : 2022-03-23 11:06:00

प्रतिकृया दिनुहोस्