राष्ट्रिय भूमि आयोग पर्साकाे अध्यक्षमा तबरेज अहमद (पत्रसहित)

राष्ट्रिय भूमि आयोग पर्साकाे अध्यक्षमा तबरेज अहमद नियुक्त भएका छन्। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले तबरेज अहमदलाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो।

उनी जनता समाजवादी पार्टी पर्साका सचिव समेत हुन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाद्वारा हस्ताक्षरित पत्रमा उनलाई अध्यक्षमा नियुक्त गरिएको बताइएकाे छ।

अहमदलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले शपथ खुवाइसकेका छन्। अध्यक्षमा नियुक्त भए लगतै उनले आफ्नो पहिलो ध्यान पार्टी दिएकाे जिम्मेवारी पूरा गर्ने र कसैलाई पनि बसोबासको अधिकारबाट बञ्चित नगर्ने जनाएका छन्।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अहमदलाई अध्यक्षमा नियुक्त गरिएको पत्रमा उल्लेख छ।
 

प्रकाशित मिति: : 2022-03-31 21:58:00

प्रतिकृया दिनुहोस्