फस्टाउँदै थबाङका होमस्टे (तस्बिरहरू)

थबाङका अन्तिम बुढाले होमस्टे सुरु गरेको दुई हप्ता मात्रै भएको छ। केही समयअघि मात्र तालिम लिई आफ्नै घरमा होमस्टे सुरु गरेका बुढालाई अहिले पाहुनाहरुको सेवा गर्न भ्याइनभ्याइ छ।

व्यवसाय सुरु गरेको छोटो समयमै पाहुनाहरु धमाधम आउन थालेपछि उनी सन्तुष्ट भएका छन्। पछिल्लो समय पर्यटकीय गतिविधि बढेसँगै रोल्पाको थबाङमा सञ्चालित मगर होमस्टेहरु फस्टाउन थालेका छन्।

जिल्लाको पर्यटकीयस्थल जलजला र रुकुम पूर्वको सिस्ने हिमाललाई लक्षित गरी निर्माण गरिएको गुरिल्ला ट्रेकिङमा आउने पर्यटकहरुका कारण थबाङका होमस्टे फस्टाउन थालेका हुन्।

२०६५ सालमा पर्यटन कार्यालय भैरहवाबाट दर्ता भई एक घरबाट सञ्चालनमा आएको थबाङी मगर होमस्टे हाल १४ घरमा विस्तार भएको छ।

शहीदमार्ग, मध्य पहाडी राजमार्ग जस्ता ठूला सडक सञ्जाल विस्तार भएपछि थबाङ र रुकुम पूर्वमा पर्यटकीय चहलपल बढेसँगै यहाँका होमस्टेमा पनि चहलपहल बढेको हो।

पर्यटकहरुको संख्या बढ्न थालेपछि होमस्टेहरुको क्षमता पनि बढाइएको थबाङी मगर होमस्टेका अध्यक्ष धपलाल पुनले बताए।

होमस्टेको क्षमता, सेवा सुविधा र लगानी बढेसँगै यसबाट स्वरोजगार बन्नेहरुको संख्या पनि बढेको छ। थबाङका मगर होमस्टेमा विशेषगरी स्थानीय बङ्गुर, कुखुरा र आलुका परिकारहरु पर्यटकले बढी रुचाउने गरेका छन्।

प्रकाशित मिति: : 2022-04-01 10:41:00

प्रतिकृया दिनुहोस्