‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
सेल्फी विद डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरुको मुहारमा मुस्कान ल्याउने काम गरिरहेको छ, जसले गर्दा यहाँका युवावर्गको माझ यो अभियान निकै लोकप्रिय बन्दै गएको छ।
नेपालमा ‘सेल्फी विद डटर’ अभियान मार्च ९ मा सार्वजनिक गरिएको थियो जसमा सयौ महिलाहरु यस कार्यक्रममा जोडिएका छन्। उनीहरुले आफ्ना कुरा राख्न र थप अगाडि बढ्न सोसियल मिडिया प्यलेटफर्मको प्रयोग गर्न थालेका छन्।
बीबीए अध्ययन गरेकी प्रकृति ढुङ्गेल, जो ‘सेल्फी विथ डटर’मा एक सदस्य छिन्। उनले भारतको बीबीरपुर गाँवको मुखियाको घरमा छोरीको जन्म हुँदा समाजमा देखाईएको नकरात्मक सोचको कारण जोडेर ‘सेल्फी विथ डटर’को बारेमा भिडियो बनाइन, जुन आज सामाजिक संजालमा भाइरल भएको छ।

सामाजिक कुरीतिलाई परिवर्तन गर्ने उक्त भिडियो अहिले टिक-टक (TikTok) मा ९७ लाख बढीले हेरेका छन् र अहिले पनि #selfiewithdaughter टिकटकमा ट्रेन्डीङमा चलिरहेको छ।
उक्त भिडियोमा प्रकृतिले नेपालको कतिपय क्षेत्रहरुमा महिलाको स्थिति अहिले पनि निकै दयनीय रहेको छ र यस विषयमा सरकारले कहिल्यै पनि कुनै किसिमको ठूलो सकरात्मक कदम नचालेको बताइन्। उनले भनिन्, 'मलाई आशा छ कि जसरी भारतमा सेल्फी विथ डटरले गर्दा महिलाको जीवनमा सकरात्मक परिवर्तन आएको छ, त्यसैगरी नेपालमा पनि यो अभियानले कतै न कतै हाम्रो मुहारमा स्थायी खुशी लिएर आउने छ।'
सेल्फी विथ डटरका सस्थापक सुनील जागलानले भने, 'यो अभियानको मुख्य उदेश्य छोरीहरुलाई हरेक क्षेत्रमा सवल बनाएर उनिहरुको मुहारमा स्थाई मुस्कान ल्याउनु हो र यो अभियानमा जोडिएकी नेपालकी प्रकृतीले नेपालका छोरीहरुको समस्याको साथै सेल्फी विथ डटरलाई केही हदसम्म ती समस्याको समाधानको रुपमा प्रस्तुत गरेकी छिन्।'

नेपालको टिम सदस्य कल्पना श्रेष्ठले यहाँ छोरीहरुमा 'सेल्फी विथ डटर'लाई लिएर निकै उत्सुकता थपेको बताइन्। प्रकृतिको उदाहरण प्रस्तुत गर्दै श्रेष्ठले भनिन्, 'जसरी प्रकृती नेपालमा तारा बनेर उदाइरहेकी छिन, त्यसैगरी प्रकृतीबाट प्रेरित भएर अरु छोरीहरु पनि आफ्नो जीवनलाई प्रेरणादायी बनाउनको निमित्त प्रयत्न गर्नेछन् !'
नेपालीहरुले www.selfiewithdaughter.org मा आफ्नो छोरीहरुसँग सेल्फी पोस्ट गर्न सक्ने छन्।
नेपालमा जुन ९ तारिखमा ‘सेल्फी विथ डटर’ दिवसको रुपमा बिभिन्न कार्यक्रम गर्दै उत्कृस्ट सेल्फीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रम संयोजक विक्रम श्रेष्ठले जानकारी दिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया